दफा २०
सभामा विधेयक प्रस्तुत गर्ने विधि
(१) कार्यपालिकाले गाउँपालिका तथा नगरपालिकाको अधिकारक्षेत्रको विषयमा सभामा विधेयक प्रस्तुत गर्न सक्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विधेयक” भन्नाले सभामा पेश भएको ऐनको मस्यौदालाई जनाउँछ ।
(२) सभाको व्यवस्थापन सम्बन्धी विषयमा प्रदेश कानूनमा अन्यथा व्यवस्था नभएसम्मको लागि यस परिच्छेद बमोजिमको प्रकृया अवलम्बन गरिनेछ ।